‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दैछ ।

उजुरी उपर छानबिनपछि आयोगले आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।

यस्तै, आयोगले उम्मेदवारलाई भोलि मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ ।

आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : १० बजे