‘एउटै नाउरको सिकार गर्न २३ लाख’

फ्रेन्डसिप कप फाइनल : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको फाइनल खेलमा नेपालले गुजरातलाई रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७४ रनको योगदान दिए । यस्तै, कुशल मल्ल १३ बलमा ३१ तथा सन्दीप जोरा ३ बलमा ७ रनसहित अविजित रहे । यस्तै, कुशल भुर्तेलले १९, आसिफ शेखले ३४ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, सिन पटेल, तेजस पटेल र जाला युवराजसिंहले १–१ विकेट लिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ०५ बजे