‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनसरीको कर्फ्यू हटाउन बोलाइयो सर्वदलीय बैठक

काठमाडौं। सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुँयालले जानकारी दिनुभयो ।

‘हामीले साढे दश बजेका लागि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका छौँ । बैठकपछि कर्फ्यू हटाउनेबारे उपयुक्त निर्णय लिइने छ ।’ फुँयालले भन्नुभयो ।

शुक्रबार दिउँसोे इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यू लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यू अनिश्चितकालीन लगाएको हो ।

फुँयालका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ ।

बिहिबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद बढेको थियो ।

शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : १४ बजे