‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनसरीको भुटाहामा ३१ राउण्ड हवाई फायर, चार जना घाइते

विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपमा परी ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको छ । झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा  अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन उल्लेख छ ।  

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबिच बढेको विवादले उग्ररुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ५६ बजे