साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे मन्त्रिपरिषद पुर्नगठन : फ्लोर क्रस गर्ने तीन सांसद मन्त्रीमा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  आज मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । 

शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । यी तीनैजना एमालेका सांसद हुन् ।

उनिहरुले हिजो प्रदेश सभामा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत माथि फलोर क्रस गरेर मतदान गरेका थिए ।  उनीहरुमध्ये प्रकाश ज्वाला भने मन्त्री बन्न छुटेका छन् ।  तर मन्त्री बनेका  तीनैजनालाई आज एमालेले पार्टी र संसदबाट निस्काशित गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २२ बजे