‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालले पायो १७५ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वुल्भ्ससँगको एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले १७५ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८।४ ओभरमा १७४ रन बनाएको हो। आयरल्यान्डका लागि गभिन होएले अर्धशतक बनाए। उनले ५९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नेल रकले ४५, लिम म्याकर्थीले ३५ र पेटर मूरले १७ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि सबै बलरले प्रभावशाली बलिङ गरे। रिजन ढकाल र शहाब आलमले तीन(तीन तथा मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए।

एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ५७ बजे