माथिल्लो मनाङमा हिमपात

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं.  ८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्र्याक्टर चालक समेत रहेका कञ्चनपुर निवासी ३५ वर्षीय राजेश चौधरी रहेका छन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । 

से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ९ : ०१ बजे