राजेश पायल राईले गरे श्रीमतीसँग डिभोर्स

काठमाडौं । गायक राजेश पायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गर्नुभएको छ । जिल्ला अदालत काठमाडौंमा उनीहरूले केही दिन अगाडि सम्बन्धबिच्छेद गरेका हुन् ।

सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेपछि राजेशले सम्बन्धबिच्छेद गरेका हुन् ।

 राजेशले आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग केही वर्षअघि सुटुक्क विवाह गरेका थिए । राजेश पायल र साङबुङका दुई वर्षको एक छोरा छन् ।  राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्तागरेका थिए । विवाह दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका हुन् ।

राजेशले सम्बन्धविच्छेद गर्दै साङबुङलाई नक्सालमा रहेको  साढे तीन तलाको घर दिएका  छन् ।  साे घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ ।  यस्तै, पचास लाख नगद दिनुभएको छ भने भविष्यमा पनि थप एक करोड दिने सम्झौता गरेका छन् ।

 यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।  डिभोर्सपछि छोरा आमासँग बस्नेछन् भने राजेशले छोराको पढाइको खर्च साथै भरणपोषणका लागि छुट्टै मासिक १५ हजार रूपैयाँ साङबुङलाई उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ५ : ४३ बजे