जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १ : २६ बजे