‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतमा १३ जना माओवादीको मृत्यु

नयाँदिल्ली ।  मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । 

छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो । 

स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन र गोलाबारुद  ठूलो परिणममा जफत गरेको बताउनु भएको छ ।  मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताउनु भएको छ । 

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन्  जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएकोे विद्रोही बहुल “रेड करिडोर“ मा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७  देखि छापामार आक्रमण गरिरहेका छन् ।

भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको छ । सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको छ । 

सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको छ । भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि छ हप्ता लामो आमनिर्वाचन हुँदैछ । 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : २१ बजे