साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाँकेमा एसइई परीक्षामा चिट चोराउने पाँच जना पक्राउ

बाँके ।एसइई सुरु भएदेखि नै देशका विभिन्न ठाउँमा परीक्षा सुरु भएको केहीबेरमै प्रश्न पत्र लिक भएको भन्दै सामाजिक सञ्जालमा छलप्रष्ट पारिएको पाइन्छ । प्रविधिको दुरुपयोग गरेर प्रश्नपत्र लिक गरी विद्यार्थीसम्म प्रविधिकै प्रयोग गरी पुर्‍याउने गरेको बाँकेमै भेटिएको छ ।

 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले मंगलबार बिहान एसइई परीक्षामा प्रश्नपत्र आउट गरेर उत्तर पठाउने गिरोहको नेटवर्क बारे जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलले दिनभर अनुसन्धान पछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा लोटस इङ्लिस मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र सोही विद्यालयका पार्टटाइम शिक्षक अलताफ खान, एउटा कन्सल्टेन्सीका सञ्चालक इरफान अली मिकरानी तथा दिलिप विक र सन्तोष नेपाली रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।कन्सल्टेन्सीमा कार्यरत एक कर्मचारीलाई भने सोधपुछ पछि प्रहरीले छाडेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले उनीहरू विरुद्ध अनुसन्धानपछि प्रहरीले मुद्दा तयार गरेको बताउनु भयो।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : १२ बजे