साफ यू–१७ च्याम्पियनसिप आजदेखि

डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर, २ वर्षको कैद फैसला

काठमाडौं। बर्खास्तमा पर्नुभएका नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको हो । अदालतले उहाँलाई २ वर्ष जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

डीएसपी केसी ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देही कार्यरत रहँदा बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गर्नुभएको थियो ।

केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ४६ बजे