‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणात्मक टी–२० शृङ्खला (एसएमएस फ्रेन्डसिप कप) अन्तर्गत नेपालले बरोडालाई

१५७ रनको लक्ष्य दिएको छ । गुजरातस्थित भापीमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपालका कुशल मल्ल २५ बलमा ४० रनसहित तथा दिपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे ।

यस्तै, सन्दीप जोराले १६ बलमा २९ रनको योगदान दिँदा अनिल शाहले २५, रोहित पौडेलले १८, गुलशन झाले १३, कुशल भुर्तेल र आसिफ शेखले ९–९ रन जोडे ।

बलिङतर्फ बरोडाका बाबा खानले २, परिक्षित पाटिदार र मोहित मोंगियाले १–१ विकेट लिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ३८ बजे