साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रेशमले गाएकाे र रञ्जिताले निर्देशन गरेको त्याे गीत  ‘सासू ज्यू,सासू, खायो मेरो मासु ….’ 

​​​​​​​काठमाडौ ।  ‘सासू ज्यू ,सासू , खायो मेरो मासु हजुरकै नक्कली छोरीले …. ।’  रेशम चौधरीले गाएको यो पुरानो गीत यतीबेला सामाजिक  सञ्जालमा भाइरल  मात्र बनिरहेको छैन  स्वंयम  उनकै जीवनमा मेल खाइरहेको भन्दै पुनः चर्चित बनिरहेको छ ।  ‘हर रात तिम्रो सम्झनामा सासू ज्यू’ भन्ने   पुरानो एल्बमबाट निकालिएको यो म्युजिक भिडियोको निर्देशन समेत रन्जिता श्रेष्ठले गरेकी छन् ।

मधु  बाबु थापाको रचना रहेको यो गीत निकै पुरानो भएको अनुमान गरिएको छ। यो गीत यसबेला रेशम चौधरीको जीवनमासमेत मेल  खाएको जस्तो देखिन्छ । किनकि उनको अहिले यो गीतमा उल्लेख भए अनुसार नै  आफ्नी श्रीमती  रन्जिता श्रेष्ठसँग  राजनीतिक  झगडा जोडिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पु¥याइएको सार्वजनिक रूपमा नै बताएका छन्।उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताएका थिए।

आफूले पार्टीको किचलोले तीन महिनादेखि खानासमेत नखाएको गुनासो गरेका थिए। पार्टी केन्द्रीय समितिको निर्णयसमेत केही मानिसहरूले नमान्दा अहिलेको परिस्थिति आएको बताए। उनले यो भनाइ श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीतिर लक्षित बताएका थिए  ।

उनले गाएको त्यो पुरानो गीतको शब्द र उनले यसबेला प्रयोग गरेका शब्द ठ्याक्कै मेल खाएकोले होला धेरैले उनको यो म्युजिक भिडियोलाई सामाजिक सञ्जालमा प्रयोग गरेका छन् ।
हेरौँ रेशमले गाएको उक्त गीत 

​​​​​​​

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : १७ बजे