‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकारका १० जना सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारका सचिवहरूको व्यापक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरको हो ।

सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुनुभएको छ ।

त्यसैगरी उद्योगमा रहनुभएका नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा हुनुभएको छ । त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालय पुग्नुभएको छ ।

त्यस्तै उर्जामा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा हुनुभएको छ । त्यसैगरी जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सिचाईका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सारिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : १४ बजे