‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अफगानिस्तानमा बेवारिसे बम विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ ।

 आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेबारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ ।  

गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशक भन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण बिस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् ।
 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ०६ बजे