एनपीएलको ट्रफी सार्वजनिक

आयरल्याण्ड ‘ए’विरुद्ध नेपालको खराब प्रदर्शन, चार विकेट गुम्यो

काठमाडौं । आयरल्याण्ड 'ए'विरुद्ध टी ट्वान्टी अभ्यास खेलअन्तरगत तेस्रो खेलमा नेपाल 'ए' ले खराब प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८८ रन जोड्दा ४ विकेट गुमाएको हो।

नेपालको सुरूवात नै राम्रो हुन सकेन। ८ रन जोडेर पहिलो विकेटका रुपमा लोकेश बम आउट भए। त्यसपछि  ७ बलमा ६ रन जोडेर देव खनाल र ८ बलमा ११ रन जोडेर क्याप्टेन विनोद भण्डारी आउट भए।

नेपालले बसिर अहमदलाई चौथो विकेटका रुपमा गुमायो। अहमदले २१ बलमा १९ रन जोडेर आउट भए। अहिले क्रिजमा आरिफ सेफ र पवन सराफ छन्।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : १६ बजे