सुनको मूल्यमा नयाँ कीर्तिमान

नागरिक उन्मुक्ति पार्टीको बैठकमै रेशम र रञ्जिता पक्षबीच कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरी पक्षबीच हात हालाहाल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।

सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको थियो । उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन् ।

रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ०८ बजे