भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

हेटौँडा (मकवानपुर) ।  मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् ।
 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  २ : ५० बजे