काठमाडौं । आयरल्यान्ड एले नेपाल एलाई २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनायो।
आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए।
नेपालका लागि सागर ढकालले ३ विकेट लिए। त्यस्तै कमल ऐरी र पवन सर्राफले १-१ विकेट लिए।
प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ३ : ३२ बजे
प्रतिक्रिया