सुनको मूल्यमा नयाँ कीर्तिमान

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो, तस्वीर भाइरल

काठमाडौं । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भै रहको छ ।

बसमा चालक र सहचालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिनुभयाे ।

बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४८ बजे