ट्याङ्कर पल्टिँदा एक बालकको मृत्यु

​​​​​​​इलाम । इलामको रोङ गाउँपालिका वडा नं. ३ कोल्बुङमा पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मे १ त २४०८ नम्बरको ट्याङ्कर  मेची राजमार्गको मार्से जाने सडकबाट खसेको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।

त्यही ट्याङ्करमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताउनुभयो । ट्याङ्कर चालक ३६ वर्षका मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ४० बजे