सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं। शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम हुँदै छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज विहिबारको उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ३६ बजे