‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना

काठमाडौं ।  घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । 

यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानिमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड वुल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ । 

वुल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रद्ध भएको थियो । 

आज पनि काठमाडौंमा बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना छ । बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ ।दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ । 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ११ बजे