देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेले कारबाही गरेपछि काँग्रेसी बनेकी उपाध्यक्षको शंकास्पद सम्पत्ति, अख्तियारमा निवेदन

धनगढी।बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा निवेदन परेको पाइएको छ। केही दिन अगाडिमात्रै चन्दविरुद्ध जनप्रतिनिधि भएर करोडौं सम्पत्ति आर्जन गरेको भन्दै निवेदन परेको हो।

एमालेको कारबाहीमा परेर नेपाली काँग्रेस रोजेकी उपाध्यक्ष चन्दविरुद्ध उनकै पार्टीका नेताहरु समेत अख्तियारमा पुगेको बुझिएको छ।

उनले ५ वर्षको अवधिमा आर्जित धनले भक्तपुरदेखि महेन्द्रनगरको भीमदत्त नगरपालिकासम्मै जग्गा जोडेको भन्दै उजुरी परेको हो। मास्टर हुँदै राजनीतिमा होमिएकी चन्द ३६ वर्षअघि पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी थिइन्।

अघिल्लोपटक शिवनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी उनी राष्ट्रिय सभा निर्वाचनमा एमालेकै उम्मेदवारलाई घात गरेको भन्दै निलम्बनमा परेकी थिइन्।

उनै चन्दले जनप्रतिनिधिबाट बाहिरिएपछि भक्तपुरमा १ करोड २० लाखमा जग्गा किनेको र भीमदत्त नगरपालिकाको वडा नं. ५ मा करिब १० लाखको जग्गा र अर्को स्थानमा घर र ५० लाखको जग्गा किनेको बताइएको छ। उनको नाममा झण्डै ७० लाखको जेसिभी एक्साभेटरसमेत भेटिएको थियो।

चन्दले जनप्रतिनिधिबाट बाहिरिएपछि भक्तपुरमा १ करोड २० लाखमा जग्गा किनेको प्रमाण भेटिएको छ ।

ताथली–३, भक्तपुरका ६ आना (६५१ कि.नं.) जमिन (करिब १ करोड २० लाख) कैलपाल– ४ बैतडी बस्ने रमेशदत्त पाण्डेयको छोरा तिलकबाट वैशाख ११ गते खरिद गरेको प्रमाण सो टोलीले पेश गरेको छ । यस अलावा भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुरमा १३४.७८ ब.मि.क्षे.फ. (२४९० कि.नं.) को जमिन (करिब १० लाख) भीमदत्त न.पा. बस्ने चिमडी चन्दको छोरा भानबहादुरबाट खरिद गरेको अर्काे विवरण पनि पेश भएको छ ।

यस्तै, भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुरमा १४५.८० र २४.५० ब.मि.क्षे.फ. (२१२३ र २१२५ कि.नं.जमिन र २ तले (५ कोठा) को घरसहित (करिब ५० लाख) भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुर बस्ने विखराम चन्दको छोरा गम्भीरबाट उनी जनप्रतिनिधि निर्वाचित भएकै दुई वर्षपछि खरिद गरेको भेटिएको छ । अख्तियार र सम्पत्ति शुद्धीकरण छल्न उक्त सम्पत्ति पञ्चेश्वर–४, बैतडी बस्ने दाइ शेरबहादुरको छोरा प्रकाश (नागरिकता नं. ११३९५) को नाममा पास गराएको प्रमाण छ, उक्त टोलीसँग । यस्तै शिवनाथ गा.पा. वडा नं. ५ बैतडीमा (करिब ६० लाख) को पक्की घर (करिब ८ कोठा) निर्माण गरी निजको ससुरा कर्णबहादुर चन्दको नाममा राजीनामा पास गराएको भेटिएको छ ।  पाँच वर्ष जनप्रतिनिधि चलाएर निस्किएकी चन्दसँग कहाँबाट आयो करोडौंको सम्पत्ति ? खाेजीकाे  विषय बनेकाे छ । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ४८ बजे