‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालले एसिया कप खेल्ने

​​​​​​​काठमाडौँ । नेपालले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपमा सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले एसिया कप खेल्ने पक्का भएको हो ।

गत फागुनमा मलेसियामा भएको छनोटमा सेमिफाइलनमा मलेसियासँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको थियो । तर, मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया कप खेल्ने निश्चित भएको छ ।

छनोट हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाललाई पनि सहभागी बनाउनुपर्छ भन्नेबारे कुरा राखेको थियो । यसप्रकारको लविङले नै यो सम्भव भएको हो ।

एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीले मात्रै एसिया कप खेल्न पाउँथे । सोहीअनुसार मलेसिया र यूएईले एसिया कपमा स्थान बनाएका थिए । तर, अहिले भने सेमिफाइनल पुग्ने टोलीलाई पनि एसिया कप खेल्ने अवसर दिँदा नेपालले अवसर पाएको हो ।

यस्तै, थाइल्यान्डले पनि एसिया कप खेल्ने भएको छ । थाइल्यान्ड पनि सेमिफाइनल पुगेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ५१ बजे