‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव बहुमतद्वारा पारित, अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल असन्तुष्ट

काठमाडौं । इजरायलको चाहना विपरित गाजा (Gaza)मा युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ ।

चिनले राखेको युद्ध विरामको प्रस्ताव बहुमतबाट पास गरिएको हो । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो ।

मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।

प्रस्ताव पास भए लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ ।

गाजामा तुरुन्त युद्धविराम लागु गर्ने प्रस्ताव सुरक्षा परिषद (Security Council) बाट पास भएपछि असन्तुष्ट इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्द गराएको हो ।

अमेरिकाले भिटो प्रयोग गरी युद्धविरामको प्रस्ताव रोकिदियोस् भन्ने इजरायलको चाहना थियो । तर त्यसो नभएपछि इजरायल अमेरिकासँग असन्तुष्ट भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ११ : ३१ बजे