‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्पट फिक्सिङ प्रकरणका महबुब आलम र आदिल अन्सारीलाई सफाइ

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जनाएको छ ।

उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

आदिलले नेपालबाट ६ ओडीआई र ८ टी–२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटरको छवि बनाएका आदिल उक्त आरोपछि नेपाली टोलीमा देखा परेका छैनन् ।

महबुब आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोप लागेको थियो ।

महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नामसमेत लेखाएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ०९ बजे