साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विपिन जोशीलाई लिएर इजरायल सरकार चिन्तित छ : राजदूत गोदार

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत हनान गोदरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा राजदूत गोदारले नेपाली विद्यार्थी विपिन जोशीबारे इजरायल सरकार चिन्तित रहेको बताउँदै उनको सकुशल रिहाईका लागि हरसम्भव प्रयास जारी राखेको जानकारी गराएका थिए ।

गत अक्टोबर ७ मा नेपाली विद्यार्थी रहेको इजयाली भूमिमा हमासले आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो । सोही आक्रमणमा हमासले विपिनलाई अपहरण गरेको दाबी इजरायल सरकारको छ । हमास समूहले विपिनलाई अस्पताल लैजादै गरेको भिडियो सार्वजनिक भएको दाबी इजरायल सरकारले गरेपनि सो पछि उनको अवस्था अज्ञात छ ।

भेटमा इजरायलमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी गराउँदै राजदूत गोदारले हमासको आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाई राहत दिन सुरु गरेको बताएका थिए । उनले इजरायलको अवस्थाको मूल्यांकन गरी परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गर्दै ठोस कदम चालिने विश्वास दिलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधानको कामना गरेका थिए । गृहमन्त्री लामिछाने र राजदूत गोदारबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल इजरायलको सम्बन्ध विस्तारलगायत विषयमा पनि कुराकानी भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३९ बजे