‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको सामान्य लक्ष्य

काठमाडौँ । ​​​​​​​दुई खेलको टी२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर आयरल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनायो । 

आयरल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई दुई विकेट लिए भने करण केसी र कुशल मल्लको नाममा एक एक विकेट रह्यो । कप्तान रोहित पौडेलले आयरल्यान्डको विरुद्धमा ८ जना बलरबाट बलिङ गराएका थिए । 

नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । खेल वर्षाले प्रभावित हुन सक्ने सम्भावना पनि  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा हुने सम्भावना छ । 

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ४२ बजे