सुनको मूल्यमा नयाँ कीर्तिमान

होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

विराटनगर । उदयपुरमा होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोशी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै कोशीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगर र अरु दुई जनालाई भने स्थानीयले उद्धार गरेका छन् । प्रहरी टोलीले सुनकोशीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : २९ बजे