यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

हाजिर जमानीमा छुटे विशाल भण्डारी, घाइतेको उपचार खर्च बेहोर्ने

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी हाजिर जमानीमा रिहा भएका छन् । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका भण्डारी शनिबार साँझ छुटेका हुन् ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । कारमा भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए ।

कारमा सवार कमेडियन बस्याल भने गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र आईसीयुमा उपचार भईरहेको बताइएको छ । बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भएका छन् ।

घाइतेका परिवारसँग उनीहरुको सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि उनी हाजिर जमानीमा हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : १८ बजे