काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठकमा होली मनाइएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि नेताहरूले एकअर्कालाई रंग दलेर होली मनाउनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई रंग लगाइदिनुभएको थियो ।
यस्तै, बैठकमा पार्टी सचिव लेखराज भट्टको जन्मदिनको अवसरमा पार्टी अध्यक्ष ओलीसहित नेताहरूले शुभकामना समेत दिनुभएको थियो ।
प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार २ : ३४ बजे
प्रतिक्रिया