यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

ओखलढुंगामा करेन्ट लागेर एक महिलाको मृत्यु, घरसमेत जलेर नष्ट

काठमाडौं । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको हो ।

बिहान साढे ५ बजेतिर अचानक विद्युत सर्ट भइ करेन्ट प्रवाह हुँदा घरमा आगो सल्किएको थियो । आगलागीले घरसमेत जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ४३ बजे