‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मस्कोको हमलामा युक्रेनको संलग्नता छैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको एक कन्सर्टमा भएको भयानक हमलामा युक्रेनको संलग्नता रहेको टिप्पणी निराधार रहेको बताएका छन्। जेलेन्स्कीले पुटिनको सो भनाइ केबल गल्ती अस्वीकार गर्ने एक बहानामात्र रहेको समेत बताएका छन्।

रुसी राष्ट्रपति पुटिनले मस्कोको एक कन्सर्टमा भएको भयानक हमलामा संलग्न चार जना हतियारधारीलाई युक्रेनको सीमा क्षेत्रबाट पक्राउ गरेको बताएका छन्। बीस वर्षयताकै सबैभन्दा भयानक घटनाबारे बोल्दै रुसी राष्ट्रपति पुटिनले सो घटनाको भर्त्सना गरेका छन् । आक्रमणकारी युक्रेनतर्फ भाग्दै गरेको पनि पुटिनको भनाइ छ ।

तर, पुटिनको दाबीमा कुनै सत्यता नरहेको जेलेन्स्कीले बताएका छन् । सो हमलामा कम्तीमा १३३ को मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए। हमलाको जिम्मेवारी भने इस्लामिक स्टेट आईएसले लिइसकेको छ। इस्लामिक स्टेटको टेलिग्राम च्यानल अमाकमा हमलामा संलग्न चार हतियारधारीको तस्बिर पनि सार्वजनिक गरिएको थियो।

रुसले भने घटनामा इस्लामिक स्टेटको संलग्नताबारे कुनै टिप्पणी गरेको छैन। तर, आईएसले सार्वजनिक गरेको घटनाको भिडियोमा हतियारधारीहरूले गोली चलाएको देखिएको छ। सो कन्सर्टमा कम्तिमा ६ हजार २०० मानिस सहभागी थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ०७ बजे