यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

फागुमा कसैले जबरजस्ती गर्यो ? प्रहरीलाई फोन गर्नुहोस् !

काठमाडौं । फागु खेल्ने क्रममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । फागु खेल्न नचाहनेलाई जबरजस्ती नगर्न र यदि त्यस्तो गरिए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

सभ्य र मर्यादित रुपमा फागु पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराएका छन् ।

खत्रीले होली पर्व मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरे ।

खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए । उनले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : २५ बजे