यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अदानचुलीको पाम्समा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

सिमकोट (हुम्ला)  । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो । 

 सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उहाँका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा  पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।
 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २० बजे