धनगढी । सुदूरपश्चिम प्रदेशमा एकैदिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रबार १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ ।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांककाअनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ९ : ३१ बजे
प्रतिक्रिया