साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विशाल भण्डारी सवार कार दुर्घटना, विशालसहित दुईजना पक्राउ

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी सवार कार दुर्घटनामा परेको छ ।

आज बिहान करिब ३ बजे भक्तपुरको जगातिमा कार टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । कारमा विशालसहित ६ जना सवार हुनुहुन्थ्यो।

दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते हुनुभएको छ । सुशानको अवस्था गम्भीर रहेको बताइएको छ । विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापछि प्रहरीले विशाल र पुजनलाई पक्राउ गरेको छ ।

विशाल र पुजन गाडीको अगाडिको सिटमा बस्नुभएकाले कसले गाडी चलाएको थियो भन्ने यकिन नभएकाले पक्राउ गरिएको बताइएको छ । अगाडि बस्नुभएका विशाल र पुजन दुवैजनाले गाडी कसले चलाएको थियो भन्ने बताउनुभएको छैन ।

अनुसन्धानका क्रममा विशालसहित कारमा सवारले मादक पदार्थ सेवन गरेको पाइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : १८ बजे