सुनको मूल्यमा नयाँ कीर्तिमान

आज यी चार प्रदेशमा वर्षा र हिमपात

काठमाडौं ।  पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

शनिबार कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ०३ बजे