‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

केजरीवालको गिरफ्तारीविरुद्ध आम आदमी पार्टी सर्वोच्च अदालतमा, सुनुवाइ आज

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि भारतको राजनीति एकाएक तातेको छ । केजरीवालाई हिजो राति गिरफ्तार गरिएको हो ।

भारतीय राजश्व विभाग अन्तरगतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा घोटाला प्रकरणमा केजरीवाललाई गएराति उनकै निवासबाट पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको हो ।

केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ भने सर्वोच्चले आज यस विषयमा सुनुवाइ गर्दै छ । केजरीवालको गिरफ्तारी विरुद्ध आम आदमी पार्टीले आज देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेको छ । 

लोकसभा चुनावको केही साताअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । 

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो । यसअघि ईडीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको थियो ।

मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १२ : ०४ बजे