सुनको मूल्यमा नयाँ कीर्तिमान

बयानलगत्तै विदेश उडे विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सभासद एवं ब्यापारी विनोद चौधरी श्रीलंका गएका छन् । सरकारी जमिन हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिएलगत्तै आज दिउँसो उनी श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् । 

चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । दिउँसो २ बजे श्रीलंकन एयरको युएल १८२ उडानमा उनी कोलम्बो प्रस्थान गरेको बताइएको छ । 

चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ । तर, आज बयान दिएर फर्किएपछि उनले उक्त आरोप अस्वीकार गर्दै अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरे । 

गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले ‘स्टन्ट’गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभए पनि प्रहरीले बोलाएकाले बयान दिन गएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ५ : २३ बजे