यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भौतिक पूर्वाधार मन्त्री महासेठलाई १०१ किलोको माला, नजर नलागोस् भनेर दही र माछाको टीका

​​​​​​​जनकपुरधाम । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई गृहजिल्ला जनकपुरमा भव्य स्वागत भएको छ । 
नेकपा एमालेका सचिवसमेत रहनुभएका महासेठलाई जनकपुरधाम विमानस्थलमा एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । 

महासेठ प्रभावशाली मन्त्री बनेकोभन्दै उनीहरुले दही र माछाको भार (पाहुर)सहित टीका लगाएर स्वागत गरिएको हो । 
एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ५ : १५ बजे