साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इटहरीमा ललितकला महोत्सव सम्पन्न 

इटहरी । ललितकला प्रज्ञा प्रतिष्ठान,काठमाडौँको मूल आयोजना र इटहरी उपमहानगर पालिको सह आयोजनमा कोसी प्रदेश स्तरीय कला प्रदर्शनीको समापन समारोह  साेमबार सम्पन्न भयो । उक्त कला सम्मेलन फागुन २९ गतेदेखि सुरु भएको थियो । इटहरी उपमहानगर पालिका वडा नं. ४ स्थित  प्राकृतिक तथा  कला सांस्कृतिक दृष्टिले मनमोहक  मेट्रिक्समा  महोत्सव सम्पन्न भएको थियो । प्रदेश भरिका १५६ वरिष्ठ,अग्रज तथा सिर्जशील  कलाकारहरूको कला प्रदर्शनी मा २० हजार जनाले अवलोकन गरेको वरिष्ठ कलाकार महेन्द्र राईले बताउनु भयो ।      

ललित कलाका नौ वटा विधाका कलाकार र कलाकृतिहरूको सम्मेलनको समापनका  प्रमुख अतिथि कोसी प्रदेशका माननीय सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कलकारहरूलाई मायाको चिनो सहित सम्मान पत्र वितरण गर्नु भयो । यस अवसरमा उहाँले  कलाकारिताको महत्त्व र उपादेयता बारे प्रकाश पार्नु भएको  थियो । माननीय मन्त्रीले कलकार र साहित्यकारको उपयुक्त सम्मान हुन नसकेको उल्लेख गर्दै प्रदेश प्रज्ञा प्रतिष्ठानको  स्थापना गर्ने विषयमा प्रदेश  सरकारले गम्भीर चासो राखेको र निकट भविष्यमै स्थापना गर्ने कुरा बताउनु भयो ।  

वरिष्ठ कलाकार तथा प्राज्ञ सञ्जय बान्तवाका अध्यक्षतामा सम्पन्न समारोहमा कलाकारहरूको उल्लेख्य सहभागिता  रहेको थियो ।  विशिष्ट अतिथि संस्कृतिविद् प्रा।डा। बद्री विशाल पोखरेलले  कार्यक्रमको सराहना गर्नुहुँदै कला साहित्य मानिसको मन धुने साबुन रहेको यथार्थ उजागर गर्नु भयो । बुद्धको मूर्ति हेर्दा उत्पन्न हुने भावबाट मनमा परेको प्रभाव  र देवकोटा र चित मानिस ठुलो दिलले हुन्छ जातले  हुँदैन कविता हजार पढेर मानिसका मनका मयल सफा जुन सकेको उदाहरण सहित समाजको गुणात्मक रूपान्तरणमा  कलाको महान् भूमिकाको चर्चा गर्नु भएको थियो । वरिष्ठ कला समीक्षक तीर्थ निरौलाले प्रदर्शनीका सबै विधाका कला कृतिहरूको सार संक्षेप समीक्षा  गर्नु भएको थियो ।

वरिष्ठ बहु आयामिक कलाकार  विक्रमश्रिले कोसी प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना नभएकाले  यस क्षेत्र र प्रदेशमा समस्या बनेको बताउनु भयो । कार्यक्रममा नागरिक  समाज इटहरीका अध्यक्ष बालिका खड्का भट्टराई,प्राज्ञ जीवनाथ पोखरेल पन्छी,वरिष्ठ मूर्तिकार द्वय गणेश लामा आँसु र सोमनाथ निरौला श्याम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । वरिष्ठ नाट्य कलाकार तथा निर्देशक  गोपाल देवानले  पहिलो पटक सम्पन्न भएको  प्रदेश स्तरीय यो कार्यक्रम उल्लेखनीय रहेको यस संवाददाता बताउनु भयो  ।   कार्यक्रममा सहभागी कलाकार विनोद कुमार चौधरीले कला महोत्सवले कलाकार उत्साह थपेको बताउनु भयो ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ५८ बजे