काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।
उहाँलाई काठमाडौं जिल्ला अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।
अदालतले उहाँलाई चार दिन थुनामा राख्न आदेश दिएलगत्तै स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गर्न आदेश दिएको थियो ।
महरालाई टीभी, युरिक एसिड लगायतका रोग रहेको बताइएको छ ।
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ९ : २५ बजे
प्रतिक्रिया