‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महरालाई अस्पतालमा राखिने

काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको  हो । 

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।

प्रहरीले अदालतबाट बाहिर ल्याउँदा महराले अस्वस्थताको लक्षण समेत देखाएका थिए । महराले हिँड्न नसकेको जस्तो छनक गरेपछि उनलाई प्रहरीले दुवैतिर समातेर गाडीमा राखेका थिए । अदालतको आदेशका कारण प्रहरीले आजै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरेको छ । उनको बिमारीबारे खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ०६ बजे