काठमाडौं ।आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ (दीपक मनाङे) चौथो पटक मन्त्री बन्ने भएका छन् । उनी काँग्रेस नेतृत्वको गण्डकी सरकारमा मन्त्री बन्न लागेका हुन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने तयारी गरिएको छ । यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थप गरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ ।
मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १ : ४८ बजे
प्रतिक्रिया