‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कृष्णबहादुर महारालाई काठमाडौं ल्याइयो

काठमाडौं । माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याएको छ ।

प्रहरीले महरालाई भैरहवाबाट नियन्त्रण गरेर यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो ।

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरु तथा गृह सचिव र प्रहरी उच्च अधिकृतलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ४४ बजे