‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

युवाहरूद्वारा साम्प्रदायिक शान्ति अभियानमा गएका १६ नाइजेरियाली सैनिकको हत्या

लागोस ।  दक्षिणी राज्य डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्ने अभियानमा १६ नाइजेरियाली सैनिक मारिएको सेनाका एक प्रवक्ताले शनिबार बताएका छन् । 

 “बिहीबार मार्च १४ मा बोमाडी क्षेत्रमा तैनाथ सैनिकहरूलाई केही समुदायका युवाहरूले घेरेर मारे”, ब्रिगेडियर जनरल तुकुकर गुसाउले विज्ञप्तिमा भन्नुभयो, “सुदृढीकरण टिममाथि पनि आक्रमण भयो, आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको मृत्यु भएको छ ।”

 “चिफ अफ डिफेन्स स्टाफ जनरल क्रिस्टोफर ग्वाबिन मुसाले जधन्य अपराधमा संलग्नहरूलाई तत्काल अनुसन्धान गर्न र पक्राउ गर्न निर्देशन दिनुभएको छ”, विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म केही गिरफ्तारी भएको छ, आक्रमण पछाडिको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको छ ।”

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हालैका साताहरूमा भूमि स्वामित्वलाई लिएर दुवै समुदायबीच बारम्बार झडप भएका छन् र झडपमा धेरै मानिस मारिएका छन् । 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ३० बजे