काठमाडौँ । रुसमा आज(शुक्रबार) राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ ।
निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ पटक पुनः सत्ता सम्हाल्नुहुने आँकलन गरिएको छ ।
निर्वाचनपछिको जितले उहाँलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको लामो शासन अवधि हो ।
मतदानको पूर्व सन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले देशमा ‘कठिन’ समयमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग आग्रह गर्नुभएको छ । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनुभएको छ ।
उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो ।
पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो ।
प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ७ : १२ बजे
प्रतिक्रिया